Saturday, 26 September 2020

म के मा रमाउछु ।

 

तपाईले कोठा रुचाउनु भयो कि नै ?” भनेर एकजना सहकर्मी मित्रले मलाई प्रश्न सोध्नु भयो अफिसमा म जवाफ दिफ रमाईलो माने रमाईलो नमाने हैन भनेर एक लाईनमा उत्तर दिए उनीहरुले म नयाँ कोठामा नरमाएको रहेछु झै उनीहरुले मानेछन् र भने त्यसभा तपाईले कोठा मन पराउनु भा रैन छ भनेर सोधे मैले भने हैन रमाईलै छ मन पराएको छु भने । अर्का सहकर्मीले थपे तपाई जस्तो उहाँको व्यवहार फरक छ तपाई यता उता बोल्न खोजनु हुन्छ उहाँ खोज्नु हुन्न । अनी मैले सोधे रमाईलो भनेको केहो ? उनीहरुले भने साथीभाई सँग घुलमिल हुने गफ लडाउने अरुका घरमा गएर खाना खाने साँझमा हिडडुल गर्ने आदि । अनि म त्यस्तो प्रकार को थिईन नचिनेका मान्छे सँग बोल्नु घुलमिल हुन अड लाग्ने लाज लाग्ने गर्थो । मलै भने म त्यसरी मान्छे देख्ने बितिक्कै फतर फतर बोल्न मन पराउदिन अन्तरमुखी स्वभावको छु । म लजाउछु अरु सँग बोल आट आउन्न भनेर भने ।

 

म पछी कोठामा आएसी सोचे त्यही विषयले मेरो दिमागमा घुमी रहेको थियो आखिर म के मा रमाउछु भनेर मलै म रमाउने केही आधारहरु मेलै सोचे ति निम्नानुसार सुचीबद्ध गरेको छु

म रमाउने पहिलो कुरा भनेको बिहानै करिब ४ बजे निद्रा सजिलै खुलोस आलस्यता नआयोस् विस्ताराबाट उठ्नमा उठेसी दिशा खलातखुलत आउस हिजो अस्तीको कुहिएको अन्नको भारी पेटमा नरहोस् । त्यसपछी चिसो पानीले नुहाउन पाईयोस सफा र चोखा कपडा फेर्न पाईयोस कम्तीमा ११ माला गायत्री मन्त्र जप्न पाईयोस केही समय ध्यान मग्न हुन पाईयोस् वरीपरी शान्त हरियाली वातावरण होउस योगका केही आसनहरु सुर्य नमस्कार प्रणायाम अनुलोम विलोम  र व्यायाम हरु गर्न पाईयोस् । सूर्यको विहानी किरण नाङ्गो शरिरमा तपाउने ठाउँ होउस् । मौसम अनुसारका फलफुलका १ गिलास फ्रेस जुस खान पाईयोस । अनि वेद वेदान्तको अध्यनन गर्न पाईयोस विहान खानामा सिजन अनुसारका सात्विक भोजन मिलोस् कम्प्युटर प्रोग्रामिङ्गमा दक्ष र  विज्ञ बनी आय आर्जन गर्न पाईयोस बस्ने ठाउँ वरीपरी मासु रक्सी सेवन गर्ने ठाउँ नहोस् घरमा पाहुनाहरुको उचित सम्मान र सत्कार गर्न पाईयोस । वेद वेदान्तमा शास्त्रार्थ गर्ने मित्रहरु होउन आध्यात्मिक अभ्यासमा उन्नती हुदै जाओस ।

यति भएसी म आन्दित हुन्छु । 


 

No comments:

Post a Comment