आज माैसम बडा बेईमान हे ........ भन्ने हिन्दि गीतकाे सुरुका शब्दहरु झै आजकाे माैसम, वातावरण समय आनन्दित मानेकाेछु वैशाक महिना भएपनि ठण्डी छ शितलता छ शितलतामा शान्तकाे तथा आरामकाे अनुभुती छाहेकाे छ मनमा । रिमझिम झरी पर्छ फेरी एक छिन अडिएर शान्त भई फेरी वर्षा शुरु हुन्छ । चराचुरुङ्गी बाेटविरुवा आदीलाई वर्षा दिन भरी भै दिदा आफ्नै गुडमा बस्ने बाध्यता भएपनि मलाई आज अनाैठाे किसिमकाे अनुभुती मनमा आएकाे छ । त्यसलाई व्यक्त गर्ने कुनै भाषा र शब्द मैले भेटेकाे छैन र ती शब्दमा व्यक्त हुने कुरा पनि हाेईनन । यस्ताे हुनुमा हिजाे राती सपनामा देखेकाे दृश्यका कारणले पनि हुन सक्छ । ति सपना दिन ढल्किदै जादा वेस्मृती हुदै गएका छन् त्यही पनि सपना अद्भुत नै थियाे केही अंश सम्झेकाे छु ।
Thursday, 30 April 2020
Tuesday, 28 April 2020
मैले हासिल गर्न चाहेका कुराहरु
हाम्राे दिमाग शब्दहरुकाे जालाे नेटर्वक हाे । सामाजिक प्राणी भैसकेपछि समाजकाे ईच्छा अनुसार आफ्नाे कदम अगाडी सार्नु पर्ने बाध्यता प्राय सबै मानिसलाई हुुन्छ हाेला । तर मेराे कदम एउटा निश्चित बिन्दु तर्फमात्र नभई अनेक विषयहरुमा विभाजित हुदाँ म अलपत्र परेकाे छु । अहिलेकाे उमेरसम्म मेरा धेरै कामनाहरु भए कुनै कुनै केही समय पछि तुच्छ लाग्ने रहेछन् । तर अहिले २०७७ साल वैशाक महिना सम्मका मेरा मन उठेका कामनाहरु त धैरे छन् तर केही प्रबल कामनाहरु यहाँ उल्लेख गरेकाे छु तर समयकाे अन्तराल पछि यि कामनाहरु काे कुनै परिमाण नहुन सक्छ ।
Monday, 27 April 2020
कानुनी अध्ययन बिएल दाेस्राे वर्ष
अहिले २०७७ साल वैशाक महिना चलिरहेकाे छ । काेराेना जिवाणुकाे कारण भएकाे लकडाउनले अफिसमा पनि जान आलाेपालाे गरिरहेका छाै । मेराे कार्यतालिका हप्ताकाे दुईदिन मगलबार र बुधबार परेकाे छ म बाईकबाट अफिस आउनेजाने गरेकाे छु । घरमा यतिकै बस्दा मेराे अध्ययन गर्ने समय तेतिकै बित्दा मन कुन्ठित भएकाे छु ।
Saturday, 25 April 2020
काेराेना भाईरस डायरी
आज वि.स २०७७ वैशाक १४ गते आईतबार को दिन अरु दिन झै विहान घर नजिकैकाे भानु स्कुलमा घटी बजेन बजारमा बुटवल तिर ४ बजे बिहान जाने मालबाहक ट्रकहरुकाे घाईघुई टाई र टुईकाे हल्ला कानमा ठाेकिएन घर अगाडीकाे हाेटल वालाले डाेनट पकाउदाँकाे प्यात पुट आवाज अनि सटर तानेर ध्यारर पनि पारेन यस्ताे आवाज नसुनेकाे करिब एक महिना जति भयाे । कुनै लामाे वर्खे विदा विपल्व माओवादीकाे हड्ताल आदिले बदलिएकाे दिनचर्या हैन याे दिनचर्या । बाहिरको वातावरणमा मानवकाे उपस्थिती निकै पातलाे भैरहेकाे छ अपरिचित मानिस नदेखेकाे पनि धेरै भयाे । आन्तिरक मनमा पनि हल्का शान्तकाे अनुभव हुन थालेकाे छ ।
Subscribe to:
Posts (Atom)