Thursday, 9 July 2015

दुई रुपैयाको भुडी

कहिले परीक्षाको चटारो, कहिले जागिरको पिरलो, कहिले मौसमले साथ नदिने आदि इत्यादी कारणले मेरो दौडिने काम निरन्तरता पाउन सकिराखेको छैन त्यसैले म आजभौली बढ्दै गएको भुडीलाई ऐनामा हेरेर मेरो भुडी बढ्नुका कारणहरु खोतल्ने प्रयास गरेको हुँ । आजभोली म २२ वर्षमा हिडैदै छु मेरो तौल करिब ७० केजी जति छ मेरो उचाई ५ फुट १० इन्च जति छ । आज आफ्नो शरीर ऐनामा हेरी चाल्र्स डार्बिनको सिद्धान्तलाई विचार गर्दै यो लेख लेखेका छु ।