Friday, 5 April 2024

शब्दको शक्ति

 शब्द - भावना, विचार, चिन्तन, मन हुदै मुखबाट निस्कने ध्वनीहो । यहाँ मुख  र ध्वनी मात्र भन्न सुहाउदैन अन्य ज्ञात अज्ञात विषयबाट निस्कने, प्रकट हुने, हाउभाउलाई पनि शब्दको रुपमा लिन सकिन्छ । 

शब्दको परिभाषा भन्दा पनि यसको शक्तिको बारेमा मेरो जीवनमा प्रत्यक्ष पारेको प्रभावका बारेमा यहाँ लेख्न लागेको हुँ । शब्दको बारेमा लेख्ने आँट फेसबुकमा एउटा भिडियो देखे स्क्रोलिङ् गर्दै गर्दा अनि मेरो मनमा  व्यक्तिगत जीवनमा पारेको प्रभाव पनि सम्झिए र विश्लेषण गरे । एउटा हाल सालैको छ अर्को अलि पुरानो सन्दर्भ छ । सुरुमा हिजो आज परेको सन्दर्भबाट सुरु गर्दछु ।


मैले जागिर गर्ने ठाउँमा हिजो आज भन्दा केही समय अगाडी देखुन नयाँ सरुवा भएर एक जना हाकिम आएको छ । हुन त उसले मलाई प्रत्यक्ष रुपमा कुनै पनि दुख पुर्याउने बचन शब्द त बोलेको छैन । तर पनि अरु प्रति गरेको बोलेको बचन व्यवहारले उसलाई देख्दा मेरो मनमा भारीपन, गह्रौ  हुन्छ । आजको मिति सम्म त उ सँग एउटै कार्यालयमा काम गरेको लगभग ७ महिना जति भयो तर पनि म अझै उसको बोली व्यवहार सँग तादम्यथा मिलेको थिएन ।  हिजो शुक्रबार हाकिमलाई कतै घुम्न जान मन लागेछ । म सँग एउटै कोठामा बसेर काम गर्ने साथीलाई सुनाएछ साथीले त्यहाँ नजाम अरु नै ठाममा जान पर्छ भनेर भनेछन् । साथीले म लाई सुनाए अनि साथीलाई घुम्न जाम भनेर भन्दै गर्दा मलाई किन छोडे मलाई लगेन म पनि जान्थे हुमला कस्तो विभेद अवहेलना गर्छन मलाई भन्ने  निक्रिष्ट भाव मनमा आइरह्यो । तर आज फेरी उनीहरु हिड्ने बेलामा फेरी साथीलाई फोन गरेर म पनि जान चाेह लाने गरे भनेर भने । तर म चाही त्यहाँ गै सकेको भनेर भने अनि बल मेरो मन फुरुङ्ग भयो । त्यस पछि बल्ल मलाई शब्दको शक्ति  र समयको बारेमा बल्ल सोध पस्यो । यदी उनले यो शब्द  हिजै भनि दिएको भए म नजाने भए पनि ए मलाई सम्झेको रैछ ठाउँ राख्यो भनेर उनीहरु घुम्न जाने कुरामा ठीकै छ भनि मनमा थप विचार आउदैन थ्यो । यसरी समयले पनि शक्दको प्रभावलाई फरक पार्दो रैछ । त्यही शब्द समय र सन्दर्भ अघि पछी पारी बोल्दा मानिस पर्ने प्रभाव फरक हुदो रैछ । 

अब अर्को प्रसङ्ग सुरु गर्यौ 
यो अलि पुरानो हो लगभग २०६७ साल तिर मेरो जीवनमा घटित भाको घटना थियो । त्यो बेलाको शब्दको प्रभावले मेरो जीवनमा बेस्सरी नि मस्तिकमा प्रभाव परेको, लामो समय सम्म मनमा भारीपन, उ प्रति हिंसाको भावना पैदा भै रहेको थियो । कुरो हो हाम्रो घरमा भाडामा लिएर सुरुमा होटल गर्ने २ वर्ष पछी घर अगाडीको नुरुको घर भाडामा लिई होटल गर्ने भोर्तोके दाई उसले आफ्ना होटलमा आउने ग्राहक अर्थात हाम्रा गाउँले दाजुभाईलाई हाम्रो परिवार व्यक्तिगत जीवनका बारेमा भनेका असत्य मनोगणन्ते गाली गलौचेले मेरो बाल मनोविज्ञानमा परेको प्रभाव र उ प्रति मेरो हिसात्मक धारणाले मेलै धेरै वर्ष शान्ति र अमनचयन पाईन । जसले मेरै घर अगाडी बसेर दुई चार चिया खान आका मान्छेलाई हुदै नभाको कुरा सुनाई हाम्रो परिवारलाई गलत बनाई उनीहरुको सहानुभुती लिई खोजि रहेको थियो । त्यही उसले बोलेका शब्दका कारण मेरो मनमा हिंसाको भावना अर्थात नकरात्मक भावना पैदा भयो मनै मन उलाई गाली गर्ने उसको कुभलो चिताए । हाम्रा परिवारका सदस्य आमा भाई मेरा आफन्तीलाई चाहि उ प्रति मेरो धारणा उसले बोलेका शब्दहरु सुनाए तर पनि मेरो मन हुलुका भएन ब्याचलरको पढाई गर्थे त्यतिखेर बाटामा आउदा जादाँ दिन रात खाली उ प्रति नराम्रो टिका टिप्पणी मनमा गरि नै रहे तर भौतिक रुपमा शब्द र हातपात चाही गर्न सकिन र सक्दैन्थे पनि । आज धेरै समय पछि ती कुराहरु विस्तारै मस्तिकबाट हट्दै गयो र उसले भनेका कुराहरु तुच्छ रैछन मैले त्यरो समय व्यर्थेै पिर लिएछु भनी अचम्ममा परेको छु । अचले उसले पनि हाम्रो परिवार प्रति अरु माझ खासै टिका टिप्पणी गरेको सुनेको छैन । तर मन मनै गर्छ बाहिर ओकल्न सक्दैन । अब मलाई पनि उसले भन्यो भनेर खासै फरक पर्दैन आखिर शब्द मात्र त हो । अब म उ प्रति गरेको नकरात्मक भावन त्यागेर खुसी साथ हाई हल्लो गरी उसको होटलको चिया र दुनोट म आफै गई किनेर खानेछू  । 

अन्त्यमा 
शब्दको प्रभाव अन्त्यै हुन्छ यो पावर फूल हतियार भन्दा पनि खतरनाक हुन्छ । त्यसो हुदाँ कहाँ के बोल्ने र नबोल्ने बेलैमा संयमता अपनाउनु पर्छ । 



No comments:

Post a Comment