Friday, 5 April 2024

शब्दको शक्ति

 शब्द - भावना, विचार, चिन्तन, मन हुदै मुखबाट निस्कने ध्वनीहो । यहाँ मुख  र ध्वनी मात्र भन्न सुहाउदैन अन्य ज्ञात अज्ञात विषयबाट निस्कने, प्रकट हुने, हाउभाउलाई पनि शब्दको रुपमा लिन सकिन्छ । 

शब्दको परिभाषा भन्दा पनि यसको शक्तिको बारेमा मेरो जीवनमा प्रत्यक्ष पारेको प्रभावका बारेमा यहाँ लेख्न लागेको हुँ । शब्दको बारेमा लेख्ने आँट फेसबुकमा एउटा भिडियो देखे स्क्रोलिङ् गर्दै गर्दा अनि मेरो मनमा  व्यक्तिगत जीवनमा पारेको प्रभाव पनि सम्झिए र विश्लेषण गरे । एउटा हाल सालैको छ अर्को अलि पुरानो सन्दर्भ छ । सुरुमा हिजो आज परेको सन्दर्भबाट सुरु गर्दछु ।