Friday, 14 August 2020

गाई एक भावनात्मक प्राणी हो, यसको हत्या गर्नु एक अपराध हो ।

 

हिमालयदेखी गंगासम्मको हावापानीमा खेलेको हाम्रो भुगोल । यसैमा हजारौ वर्ष पुरानो ऐतिहासिक  कालदेखी चली आएको विश्वास हो नेपालको परम्परा । विश्वासलाई सजिलै हल्लाउन ढलाउन गाह्रो हुन्छ ।  हाम्रो भुगोलमा पश्चिमा राजनैतिक प्रणालीको अनुसरण गर्नु पहिले  राजनैतिक एवं कानुनी प्रणाली धर्म एवं सनातन संस्कृतीसँग जोडिदै आएको थियो । मनु स्मृती, याज्ञवल्भ संहिता, नारद संहिताको आधारमा राजनैतिक एवं सामाजिक संस्कार र कानुनहरु निर्माण र कार्यान्यवन गरिदै आएका थिए । पछि पश्चिमा सामराज्यले दक्षिण एसियाको भुगोलमा हमला गरेपछि तिनै गोरो छाला भएकाहरुले अनुसरण गरेको आधुनिक, वैज्ञानिक, समानताको नारा दिई लादिएको शैक्षिक, राजनैतिक, कानुनी, सांस्कृतिक प्रणाली विस्तारै हाम्रो भुगोलमा आत्मसात गर्न सफल भयो ।

 

हामीमा पुराना विश्वासलाई राजनैतिक एजेण्डा बनाई चुनावी नारा र कानुनमा मात्र सीमित राख्न खोजिएको छ । तर अहिले ति विश्वासहरु बाझिन पुगेका छन । हामी मध्ये केहीले त्यो विश्वासलाई तोड्न खुसी हुन्छौ केहीले समाई रहेका छन् । विश्वास र व्यक्तिगत स्वतन्त्रतालाई कसरी सामाञ्जस्यता ल्याउने भन्ने प्रश्न उठेको छ 

हामीले त्यही खानु पर्छ जुन हाम्रा लागि उपयुक्त हुन्छ । नेपालमा संवैधानिक रुपमा गाई काट्न प्रतिबन्ध छ । गाईको मासु मानिसलाई कति फाईदाजनक छ कि छैन भनि विचरणिय कुरा छ । यस सम्बन्धी शिक्षाको अभाव छ । के हाम्रो मानव शरिरलाई मासु खानु साच्चै नै फाइदा जनक छ त ? यसमा प्रश्न गर्नु पर्ने बेला भएको छ ।  हाम्रो परापूर्वक संस्कृतीमा आफ्नो जीवन आफ्नो कर्म (काम) अर्थात आफ्नो जीवन आफै चलाईरहेका छौ । यो पूर्ण रुपमा हामीमा नियन्त्रित छ । तर हामीले गर्ने सबै कामहरु शारिरिक, मानसिक , भावानात्मक, उर्जात्मक जस्तो सुकै होस त्यस्को कुनै नतिजा निश्चितरुपमा तय भैसकेको हुन्छ । हामीले गरेको कर्म अर्थात कामको जस्तो सुकै नतिजा भोग्न हामी तयार छौ भने हामीले जे मन लाग्यो त्यही गर्दा हुन्छ यदि नतिजालाई देखेर डराउछौ भने त्यस्तो कामलाई अहिल्यै नै नियन्त्रण गर्नुपर्दछ । हामीले दैनिक प्रयोग गर्ने भोजन यहि सिद्धान्तमा आधारित छ ।

 

भोजनको सन्दर्भमा हाम्रो परापूर्वक संस्कृतीलाई ध्यान दिएर तयार पारिएको छ । यदि यसलाई सबैले अनुसरण गर्ने हो भने विश्वभरका मानिस स्वस्थ हुन्छन् । कोरोना भाईरस जस्तो महामारीले आक्रान्त पनि पार्ने थिएन । हाम्रो संस्कृतीमा मानिसलाई आवश्यकता अनुसार के खाने भनेर वर्गिकरण गरिएको छ । यदि तपाई खेलकुदमा अगरसर हुनुहुन्छ भने के खाने एवं अफिसमा बसेर काम गर्नुहुन्छ भने के खाने यदि मानसिक एवं आध्यात्मिक चिन्तन गर्नु हुन्छ भने के खाने सबैका लागि हामी संग प्रष्ट निर्देशन छ ।

जब भोजनको कुरा आउछ हामी अरुको जीवन छनौट गर्दछौ चाहे त्यो वनस्पती होस् वा जनावर होस् । हामी अन्यको जीवन मासेर खान्छौ फेरी हामीले उसलाई हाम्रो जीवनको स्वरुपमा बदल्छौ । हाम्रो शरिर र हामीले खाने अन्न पनि पञ्चभुत तत्वबाट निर्माण भएको छ यी दुईटै चीजको स्रोत एउटै हो पृथ्वी । मान्छे, धान, बाख्रा , टमाटर, आलु, बंगुर, भैसी पनि सबै पृथ्वी तत्वबाट निर्माण हुन्छन् । सबैको मुल एउटै हो तर बनावटी मात्र फरक हो । हामी जे खान्छौ त्यसलाई हाम्रो स्वरुप बनाइदिन्छ । यदि हामिले सरल आयाम भएका खाना खाएम भने हाम्रो शरिरले सजिलै आफ्नो सिस्टममा परिवर्तन गर्न सक्छ । यदि जटिल आयाम भएका खाना खाएमा ती जीवहरुमा भएको जानकारीलाई हाम्रो शरिरको सफ्टवेयरमा घुलमिल गराउन कठिन हुन्छ ।

विशेष गरी यदि हाम्रो खाना एउटा जनावर भएमा र उसमा भावना र विचार गर्ने क्षमता हुन्छ भने हामीले त्यसलाई खानु हुदैन । मानवता र बुद्धीमता भनेको यहि हो यदि एउटा जनावर जुन भावना पैदा गर्छ विशेषगरी मानविय भावना जस्तै भावना प्रर्दशित गर्दछ त्यसलाई हामीले खानुहुदैन किनकी त्यो हाम्रो शरीरको सफ्टवेयरको हिस्सा बन्दैन त्यो जनावर जनावर मै रहन्छ । हामीमा जनावरको जस्तै प्रकृती उत्पन्न हुन थाल्छ ।

 

हामीले देख्छौ कि गाउँघर तिर गाई र गोठालोको नाता गहिरो हुन्छ । उनीहरुले गाईको दुध खान्छन् । बच्चा गाईको दुध खाएर हुर्किन्छन् । यदि गाईको हेरचाह गर्ने व्यक्ती एवं परिवारमा केही दुःख पर्छ वा कसैको मृत्यु हुन्छ भने गोठमा रहेको गाई पनि दुःखित मुद्रामा हुन्छ । किसानलाई दुःख पर्दा गाईले पनि आँशु बगाउछ । यसरी गाईमा त्यत्रो गहिरो मानविय भावना हुन्छ भने गाईलाई मार्नु भनेको मानिसको हत्या गर्नु जस्तै हो । त्यसैले यो विश्वास र धर्मको कुरा होईन हाम्रो बुद्धी, विवेकको कुरा हो । जब एउटा मान्छेलाई भोक लागेमा अर्को मान्छे काटेर खान हुदैन त्यस्तै गाईलाई पनि खानु हुदैन ।

 

यस विषयमा कुनै धार्मिक र राजनीतिक निर्णय होईन संवेदशिलताको प्रश्न आउछ । जब हामीले गाईको दुध पिउछौ उसलाई हामीलाई आफ्नो आमा सरह ग्रहण गरेका हुन्छौँ । उसलाई मार्नु भनेको आमालाई मार्नु हो भन्ने हाम्रो समाजमा विश्वास रहेको छ । हाम्रो समाजमा गौ हत्या पच्दैन यसमा मानविय भावना जोडिएको छ । यो नेपालमा संवैधानिक एवं मुलुकी कानुनी रुपमा आउनु भन्दा पहिलेदेखी नै प्रतिबन्ध थियो जो कसैले पनि गाईको मासु नपकाउन भनेर जनसंख्याको ठूलो हिस्साले गाईलाई भावनात्मक रुपमा आमा स्वरुप मान्दछन भने त्यहाँ गाई काटिन प्रतिबन्ध हुनुपर्छ । दिन प्रतिदिन गाई काटिने दर बढ्नु, गाई छाडा छोड्ने, थारो गाईलाई सडकमा बेवारिसे छोडिदिनु यो ठीक होइन । गाईको महत्वको बारेमा शिक्षा फैलाउनु जरुरी छ ।

२०७७ साउन २० मा म्याग्दी जिल्लामा गाई काटेर मासु भागबन्डा गरेको अवस्थामा केही व्यक्ति भेटिए २०७६ भदौमा सुनसरीमा ४४ वटा गाई गोरु मृत अवस्थामा भेटिएको थियो ।  २०७६ असोज तिर कैलाली जिल्लाको घोडाघोडी नगरपालिकाले छाडा गाई गोरु व्यवस्थापन गर्ने भनी जंगलमा काडे तार बाधी ३ हजार गाईहरुलाई दाना पानी नदिई राखेकोमा २२ सय गाईहरु भोक प्यास र रोगले मरे । त्यस्तै नेपालगञ्ज उपमहानगरपालिकाले २९९ वटा गाईहरुलाई सुर्खेतको कटकुवा जंगलको बाटो लगि भिरबाट खसाली ५८ वटा गाईहरु मरे थुप्रै घाईते भए । विदुर नगरपालिकामा गाईलाई जिउदै खाल्टोमा पुर्ने प्रयास गरियो । यसरी श्रृङ्खलाबद्ध रुपमा भइरहेका यस्ता घटनाले नेपाली समाजको दुरावस्थाको संकेत गरिरहेको छ । धर्म संस्कृती मानवता तथा नेपालीपनको विरासत माथि धब्बा लगाउने यस्ता घटनाका दोषीलाई कारबाही गरी जनतालाई कानुनी राज्यको प्रत्याभुती दिलाउनु आवश्यक छ ।

गाईका धेरै प्रजाती मध्ये विशेष गरी हाम्रो पहाडी भेगमा पाईने लोकल गाई जसको जुर उठेको र घाटी मुनीको भाग लत्रिएको हुन्छ यी गाईहरु अन्य गाई भन्दा बढी महत्वका छन्  । गाई एक मात्र यस्तो प्राणी हो जो अक्सिजन लिएर अक्सिजन नै फ्याक्छ । गाईको दुधमा रेडियो विकरणबाट रक्षा गर्ने क्षमता हुन्छ, मुटुको रोगीलाई बचाउँछ, स्मरण शक्तीलाई बढाउँछ, गाईको गोबरमा हैजाका किटाणुलाई नष्ट गर्ने क्षमता हुन्छ । गाईको शरीरमा प्रतिदिन १५ देखि २० मिनेट हात घुमाउँदा ब्लड प्रेसर जस्ता बिरामी ठीक हुन्छ । क्षयरोगीलाई गौशालामा राख्दा गोबरको गन्धबाट क्षयरोगका किटाणु मर्दछन् । ईटालीका वैज्ञानीहरुले गाईको गोबरबाट टिभी मलेरियाका किटाणु मर्दछन भनी अनेक प्रयोगबाट सिद्ध गरेकाछन् । गाईको एक तोला घ्युले यज्ञ गर्दा एक टन अक्सिजन बन्दछ । यी त केही नमुना मात्रै हुन गाई मानव समाजको लागि अति गुणवान प्राणी हो यसको रक्षाका लागि हामीमा व्यापकरुपमा प्रचार प्रसार गरी गाईको उद्दार गरिनु आवश्यक रहेको छ ।

No comments:

Post a Comment