कहिले काँही काम छैन अफिस नआम भन्न पाईएन । कहिले बेस्सरी कामको
प्रेसर राती राती घर जानु पर्ने कहिले काम नहुने अलपत्र परेर बस्नु पर्ने । त्यही
माथी कम्प्युटर अपरेटर गाँउपालिकाको न बस्ने कुर्ची छ न काम गर्न टेबल
छ न काम नै छ । ठिङ्ग अभिएर बसेको छ कहिले काँही त । आज काम रैनछ चाडै विदा लिएर
घर जाम डुल्न जाम भन्न नि छैन । स्थानिय तहमा त जागिर खाइयो तर यहाँका पुराना
भनाउदा कर्मचारीले गरेको भेदभाव ले देख्दा राजिनामा दिएर घरै बसम जस्तो हुन्छ किले
काँही । यी पुराना कर्मचारीले आफ्नो भाँउ खोस्न आए झै मान्दा रै छन नयाँ नियुक्ती
लिएका लाई त्यही माथी अझ कम्प्युटर अपरेटर
। यहाँ मात्र हो की अरु पालिकामा यस्तै लथालिङ हो पुराना कर्मचारीको व्यवहार थ्री
इडियट फिल्ममा जस्तो नयाँ भर्ना भइ आएका विद्यार्थीलाई बुलिङ गर्थे यहाँ पनि भिन्न
प्रकारको बुलिङ रैछ । सुरुमा नियुक्ती लिन आउदा एक जना अधिकृत तहका कर्मचारीले
यहाँ त काम छैन दुख छ बढार बुढुर सरसफाई पनि आफै गर्न पर्छ भनेर पो भन्छन् बा ।
अच्चम परे । पहिलो दिन नियुक्ती लिन आउदा हाकिम को हाकिम पारा देखर दंग परे लोक
सेवा आयोगले सिफारिस गरे गाँउपालिकाको नाम तोकेर पत्र पठाको छ यिनले माग आकृत
फाराम भरेको हो कि नै भनेर प्रश्न गर्छन त्यसै दिन प्रशासनका शाखाका प्रमुख नि
बिदामा मेरो नियुक्ती लिने काम अलपत्र पर्यो । फेरी म यहा कर्मचारी कसैलाई नचिनको
कहाँ गएर बस्ने कुन टेबलमा गएर काम गर्ने हाकिमले बेमतलब गर्छ मलाई त तनाब भयो
सुरुका दिनहरुमा अफिस जाम त केही कामको टुङ्गो छैन नजाम त सरकारी जागिर बल्ल बल्ल
पाको छोड्न पनि मन लागेन ।
No comments:
Post a Comment