Sunday, 22 May 2016

शिक्षक जागिरको अनुभव

एस.एल.सी. परीक्षा पास भएर क्याम्पस पढ्ने बेलामा धेरैले सुझाव दिएका थिए की मैले शिक्षाशास्त्र मा गणित अथवा अंग्रेजी लिएर पढेमा मलाई पछि जागिरको लागि सहज हुन्छ तर मेरो मन भने पढाउने धेउमा थिएन मलाई चक को धुलो खान मन छैन भनेर टालिदिन्थ्ये एसएलसीमा प्रथम श्रेणीमा पास भएपछि मलाई म पनि पढाई मा कमजोरी रहेछनु मिहेनेत गर्ने हो भने राम्रै गर्न सकिदो रै छ भन्ने लागेर विज्ञान विषय पढ्न मन लाग्यो तर विज्ञान विषय पढ्न घरबाट बाहिर जानु पर्ने भएकाले मलाई आर्थिक अवस्था कमजोर भएकाले सकिएन त्यसैले त्यही स्कूलमै व्यवस्थापन विषय लिएर पढ्न थाले ।
क्याम्पसमा जुन विषय लिएर पढाई पास गरियो पछि जागिर खान पनि त्यही विषयको क्षेत्रमा हुन्छ भनने अवधारणाले गर्दा म पनि कुनै सस्था तथा व्यवसायको लेखापाल व्यवस्थापक यस्तै पदको जागिर गरिने आश थियो । १२ कक्षा को परीक्षा दिएपछि गल्याङ् सामुदायिक अस्पतालमा लेखापालको जागिर गरे तलब एकदमै थोरै थियो जम्मा रु २५०० मैले दुई पटक सम्म काम छोडदै गर्दै गरे त्यही अस्पतालमा बीचैमा जागिर छोडेर दिल्ली तीर पनि राम्रो कामको खोजीमा हिडियो ।  केही समय जागिर गरी बिताए
जागिरको खोजीमा काठमाण्र्डां तीर साथीहरु तोयाराज र रुपकले बोलाए र म पनि हानिए एक हप्ता जति जमलको एभरेष्ट  कम्प्यूटर ईन्स्टिच्युटमा कम्प्यूटर पढाउन थाले त्यहाँ पनि मेरो मन खुशी हुन सकेन घर फर्किए । दुईतीन महिना त्यतिकै यता उता गाउघर तीर डुली समय बिताए अनि भारतको उत्तराञ्चलको उना भन्ने ठाँउमा एक जना आफन्तले काम गर्न बोलाउनु भयो म पनि झोला टिपेर हिडिहाले र पन्ध्र दिन जति पञ्चाब घुम्द उना भन्ने ठाँउ तीर लागियो काम भने जस्तो भएन नेपाल फर्किए ।  गल्याङ बहुमुखी क्याम्पस पढाउने सर गोबिन्द सिग्देल ले मल्टी प्रेस सञ्चालन गर्न लागेका रहेछन् ग्राफिक डिजाइनरको काममा सहयोग गर्नको लागि करिब आठ नौ महिना जति डिजाइनरको रुपमा प्रेसमा काम गर्दा गर्दै हर्मिचौर गुल्मी बाट नि.मा.वि. तहमा कम्प्यूटर विषय अध्यापन गर्नको लागि तेतातीर गए र अहिले स्कूलमा पढाउदै छु पढाउने शिलशिलामा मैले भोगेका केही क्षण तथा समयको विस्तार गर्न मन लागेको छ ।
शिखरडाँडाका ज्ञान प्रसाद भटट्राई सँग मलाई कम्प्यूटर सिकाउदा राम्रो परिचय थियो नेपाल विद्युत प्राधिकरण मिर्मी मा काम गर्दथे हर्मिचौर स्कूलमा कम्प्यूटर विषय पढाउने शिक्षक आवश्यक परेको थाहा पाएका रहेछन्  मेरो मोबाईलमा फोन मेरो मनोविचार बारे सोधे मैले पनि नि.मा.वि स्केलको तलब पाउदा सहजै हुन्छ भनिदिए म मनमनै खुशी भए त्यो बेला २०७२ जेष्ठमा नि.मा.वि. स्केल रु बीस हजार जति हुन आउथ्यो विद्यालयका प्राचार्य तिलाचन पाण्डे सँग मेरो फोनमा कुराकानी भयो म निवेदन दिन हर्मिचौर भन्ने ठाँउमा पहिलो पटक आए स्कूलमा पुगी सरलाई निवेदन बुझाए पछि म घर तीर लागे पछि परीक्षा कार्यक्रम २०७२ असार महिना भएको थियो । सहभागी हुन तिलाचन सरले सम्पर्क गरी बोलाए परीक्षामा  तीन जना सहभागी जनाइयो एउटा गुरुन्दी छापबाट, अर्काे भेरहवा र अर्का म थिए । परीक्षाको परीक्षकको रुपमा उनै ज्ञानु सर र मिर्मी बस्ने फानेस नामका अर्का शिक्षक थिए । परीक्षामा म सफल भएछु भन्ने जानकारी मैले नै स्कूलका प्राचार्य तिलाचन पाण्डेलाई सोधी थाहा पाए ।
स्कूलमा मेरो प्रथम कक्षा लिनको लागि म हर्मिचौर जाने तयारी गरे झोलामा केही लगाउने कपडा लिएर  दिउसो १२ बजे तीर जेष्ठको महिना थियो ग्रमीको पारो माथि नै चढेको थियो आधीमुहान सम्म जिपमा चढेर गए त्यहाँबाट टुलुटुलु हिड्दै हर्मिचौर आइपुगे ग्रमीले मेरो ज्यान गलाएको थियो । म स्कूलको कार्यालय भित्र गएर बसे । अनि केही क्षण आराम गरेपछि कक्षा पढाउन गए म ...।
४ बजेको छुटीपछि मलाई समस्या पर्यो घर जाऊ भने टाढा गाडि नपाइने समस्या, बसम भने बस्नको लागि चिनेजानेको आफन्ती कोही छैन म त एक छिन अलपत्रमा परे प्राचार्यका छोराले पनि त्यही स्कूलमा पढाउथे बाऊ छोराले मलाई आफ्नो घरमा लगेर बसाले । त्यती खेर बाटो हिड्दा सबैको नजर म माथि थियो । नयाँ ठाउमा मलाई बस्न गाह्रो भएको थियो अर्काे दिन स्कूल पढाएर घर गए अनि वर्षे बिदा पछि साउन २५ गते स्कूल गए ।


No comments:

Post a Comment