Monday, 10 November 2014

नेपाली ब्लग लेख्न थाले

मान्छे जहाँ जन्मियाे हुर्कियाे उ त्यहीकाे वातावरण परिवेश अनुकुल हुदै जादाे रैछ । उसकाे रहन सहन बाेली चाली लवाफ अादि विभिन्न तत्वहरूमा त्यही वातावरणकाे प्रभाव पर्दाेरहेछ । त्यसैले मैले पनि मेरा मनका कुरा मन भित्र उब्जिदा अाफनाे भाषा नेपाली मा नै उब्जिदा रै छन् फेरी तिनिहरूलाइ अंग्रेजीमा उल्था गर्दा कता कता भाव नअाएकाे भान पाए अाफ्ना भित्रि कुरा प्रष्टाउन नेपाली भाषा मै सहज हुदाे रहेछ । 
मनमा जे उब्जियाे त्यसैले शब्दका माध्यमबाट उतार्न सहज हुदाे रहेछ ।
त्यसैले अाफ्नाे मनकाे कुरा पाेख्न नेपाली माध्यमबाट ब्लग लेख्दा अाफ्ना मनका कुरा स्पष्ट अाेकलन पाइने जस्ताे अाभाष पाए । त्यसैले अाजदखी नेपाली मै ब्लग लेख्न सुरू गरे ।

No comments:

Post a Comment